बरघर भल्मन्सा र युवा महिलाहरुलाई नेतृत्व विकास र मौलिक हक सम्बन्धि प्रशिक्षण

धनगढी, ९ माघ । थारु कल्याणकारिणी सभा गोदावरी नगर समितीको आयोजनामा नेतृत्व विकास र मौलिक हक सम्बन्धि अभिमुखिकरण विषयक १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

गोदावरी नपा ८ स्थित सृजनशिल महिला बहुउद्देश्यीय सहकारी संस्था लि. जमुनानगरको सभाहलमा गोदावरी नगर क्षेत्रका बरघर भल्मन्सा, युवा महिलाहरुको सहभागितामा सो प्रशिक्षण भएको थियो ।

नगर सभापति जनकलाल चौधरीको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रमको समुद्घाटन वडा न. ८ अध्यक्ष नरेश अधिकारीले गरेका थिए भने नेतृत्व विकास सम्बन्धि ठाकुर प्रसाद करियाप्रधान र मौलिक हक सम्बन्धि अधिवक्ता नाथुराम महतौले सहजीकरण गरेका हुन् ।