लेखनवृत्ति पत्रकारिता सम्मान, सुदूरपश्चिमका दुई पत्रकार छनौट

कैलाली, ७ माघ । लेखनवृत्ति पत्रकारिता सम्मान सुदूरपश्चिमका दुई जना पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेमा अनपूर्ण पोस्ट्का सुदूरपश्चिम प्रदेश प्रमुख शिवराज भट्ट र दार्चुला सन्देश दैनिकका शंकर धामी रहेका छन् ।

सङ्क्रमणको उच्च जोखिम मोलेर चेतनामूलक समाचार सामग्री प्रवाह गरिरहेका ३५ पत्रकारलाई अष्ट्रेलियामा बसोवास गरिरहेका नेपालीको साझा संस्था एनआरएनएको सहयोग एवं पत्रकार महासङ्घसँगको सहकार्यमा कोरोना सङ्क्रमणविरुद्ध लेखनवृत्ति पत्रकारिता सम्मान प्रदान गरिने भएको छ ।

कोरोना सक्रमणविरुद्ध आफूले प्रकाशन/प्रसारण गरेका चेतनामूलक समाचार सामग्री पठाउन सूचित गरेबमोजिम प्राप्त २८५ समाचार सामग्रीमध्येबाट छनोटमा परेका ३५ पत्रकार लेखनवृत्ति सम्मानका लागि छनोट भएका हुन् ।

छनोटमा परेका समाचार सामग्रीको विषयवस्तु, खोज, प्रस्तुति, समाचारको सन्देश, भाषा तथा लेखनशैली एवं भौगोलिक, विधागत, समावेशीतासमेतका आधारमा ३५ जनालाई लेखनवृत्ति पत्रकारिता सम्मानका लागि छनोट समितिबाट छनोट गरिएको हो । छनोट भएका सबै पत्रकारलाई नगद १० हजारसहित सम्मानपत्रबाट सम्मानित गरिने छ ।

लेखनवृत्ति पत्रकारिता सम्मान अन्नपूर्ण पोस्ट्का सुदूरपश्चिम प्रदेश प्रमुख शिवराज भट्ट र कर्णालीका प्रदेश प्रमुख ललित बुढालेसमेत पाएका छन् ।

लेखनवृत्ति पत्रकारिता सम्मान पाउने पत्रकार

१। ईश्वरी बराल थाहा सञ्चार नेटवर्क, काठमाडौं

२। प्रकाश पन्त बीबीसी नेपाली सेवा, सुर्खेत

३। पूर्णचन्द्र घिमिरे रेडियो नेपाल, काठमाडौं

४। बिनु तिम्सिना नेपाल टेलिभिजन, मोरङ

५। इन्द्रप्रसाद पौडेल कान्तिपुर टेलिभिजन, कास्की

६। नरेन्द्र मानन्धर इमेज च्यानल, काठमाडौ प्रतिष्ठान

७। सिजर्ना बराल, हिमालय टिभी, अष्ट्रेलिया

८। बिज्जु महर्जन कान्तिपुर दैनिक, फोटो पत्रकार

९। दमन राई नागरिक दैनिक, खोटाङ

१०। फातिमा बानु कान्तिपुर दैनिक, काठमाडौं

११। जीवन लामा नेपाल समाचारपत्र दैनिक, दोलखा

१२। लक्ष्मी बस्नेत हिमाल खबर पत्रिका, काठमाडौं

१३। खेमराज वली, अनलाइन खबर, अष्ट्रेलिया

१४। ललित बुढा, अन्नपूर्ण पोस्ट्‍, सुर्खेत

१५। नरहरी सापकोटा नागरिक दैनिक, गोरखा

१६। शंकर धामी दार्चुला सन्देश दैनिक

१७। सरोज ढुंगेल गोरखापत्र दैनिक, काठमाडौं

१८। शिवराज भट्ट, अन्नपूर्ण पोस्ट्‍, कैलाली

१९। राधेश्याम खतिवडा चितवन पोष्ट, चितवन

२०। चन्दमणि भट्टराई काठमाडौं अनलाइन

२१। डुन्डुराज आचार्य न्यूज कारोबार अनलाइन,

२२। धु्रव लम्साल राजधानी दैनिक, काठमाडौं

२३। नमिन ढकाल लोक सन्देश अनलाइन, इलाम

२४। फणीन्द्र फुयाँल झिल्को अनलाइन, काठमाडौं

२५। रामहरी कार्की दैनिकी न्यूज अनलाइन, ललितपुर

२६। संगीन शर्मा काँचुली खबर अनलाइन, बाँके

२७। शिवराज योगी अक्षरपाटि अनलाइन, काठमाडौं

२८। सिर्जना तिम्सिना मिर्मिरे अनलाइन, काठमाडौं

२९ ।सुरेश विडारी अनलाइन खबर डटकम, पर्सा

३०। भगवती थापा रासस, भक्तपुर

३१। रामकृष्ण लामिछाने पर्वत

३२। महेश्वर गौतम राजधानी दैनिक,

३३। पोषनाथ अधिकारी धादिङ,

३४ शिव सिलवाल एनटिभी धादिङ,

३५ श्रीजनकुमार झा काठमाडौ