पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज टीकापुरमा सम्बोधन गर्ने

धनगढी, ७ माघ । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय परिषद अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आज टीकापुरमा सम्बोधन गर्न भएका छन् ।

टीकापुरमा आयोजना हुन लागेको विरोध सभा कार्यक्रमलाई सम्बोधन गर्न भट्टराई टीकापुर आउँदैछन् ।

जसपाका केन्द्रीय सदस्य कृष्णकुमार चौधरीले प्रतिनिधि सभा विघटनको विरोध र पुस २ गते टीकापुर घटना मुद्दामा उच्च अदालत दिपायलले गरेको फैसला विरुद्ध विरोध प्रदर्शन गर्न लागेको जानकारी दिए ।

उनका अनुसार दिउसो १२ बजेदेखि कार्यक्रम शुरु हुने भएके छ । मौसम खराबको कारण प्लेन ढिलो हुन सक्ने चौधरीले बताए ।