सुदूरपश्चिममा मानब बेचविखनको घटना रोक्न सरोकालवालाको प्रतिबद्धता

कैलाली, ४ माघ । सुदूरपश्चिम प्रदेशमा मानब बेचविखनका घटना रोक्नकोलागि सरोकालाहरु प्रतिवद्धता जनाएको छन् ।

मानब बेचविखन प्रभावितहरुको प्रदेश स्तरीय अधिकारमूखि पद्धतिको अवधारण स्पष्टता विषयक अभिभुखिकरण कार्याक्रममा सो प्रतिबद्धता जनाएका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका जगदिश सिंहले मानब बेचविखनका घटना नरोकिएको बताए ।

उनले प्रहरी कार्यालयले गाउँ टोल र विद्यालयमै पुगेर विभिन्न खाले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएपनि मानब बेचविखनका घटनामा कमी हुन नसकेको बताए ।

उनका अनुसार प्रदेश प्रहरी कार्यालयका तथ्यांक अनुसार ०७४/०७५ मा ३१ वटा, ०७५/०७६ मा ३६ वटा र ०७६/०७७ मा १८ वटा मुद्धा दता भएको छ । जब की ०७७ कार्तिक सम्ममा कोभिड महामारीका कारण भारतिय सीमानाका पुरै बन्द भएपनि पुस महिना सम्म आईपुग्दा १८ वटा मुद्धा दर्ता हुनु घटना बढेको जनाउँछ ।

गाउँघरमा हिंसा, कुरिति तथा लागुऔषधबारेमा जनचेतना मूलक कार्यक्रमबाटै न्यूनिकरण हुने भएकोले राज्य तथा संघसंस्थाले सहकार्य गरेर हातेमालो गर्न जरुरी रहेको प्रदेश प्रहरी सिंहको भनाई थियो ।

यस्तौ कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडाला जोशीले सुदूरपश्चिम प्रदेश सरकारले अन्धव्श्विास तथा समाजमा रहेका कुरीतिको चिरफार गर्न लक्षित समुदायमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिईन् ।

उनले सुदूरपश्चिम प्रदेश सरकारको सीमानाका भएर मानब बेचविखन तथा ओसारपोसार भईरहेकाहरुको उद्धार गरि उनीहरुको सुरक्षा तथा पुनस्थापना गर्न राज्यको दायित्व हुने बताउदै प्रदेश सरकारले आफ्नै सुरक्षित अवासगृह सञ्चालन गर्ने तयारीमा जुटेको बताईन् ।

संविधानले महिला तथा लैंगिकताको सवालमा सबैलाई समान तरिकाले सम्बोधन गरेपनि व्यवहारिक कार्यन्वयन सम्म आईपुग्दा कहि न कहि महिला, बालबालिका, तथा अन्य शारिरीक मानसिक तथा आर्थिकरुपले कमजोर भएका व्यक्तिमाथि विभेद भईरहेको उपसभामुख बडालाले भनिन् ।

उनले सरकारले गर्न नसकेको काम गैरसरकारी संघसंस्थाले गरिहरको हुँदा हिंसा प्रभावितहरुको आत्मबल बढाउन महत्वपूर्ण योगदान रहेको बताईन् ।

यस्तै राष्ट्रिय मानब अधिकार आयोग सुदूरपश्चिम प्रदेशका संयोजक मोहन जोशीले पछिल्लो अवस्थामा श्रममा इच्छा विपरित कार्यमा बाध्यकारी गर्ने क्रम बढिरहेको बताउदै जबरजस्ती, विभिन्न प्रलोभनमा पारेर कुनैपनि कार्यमा सहभागी गराउनुपनि मानब बेचविखनको परिभाषाले सम्बोधन हुने बताए ।

यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीका महिला सेलका इन्चार्ज तथा प्रहरी नायक उपरिक्षक खेमराज पन्तले सीमानाकाबाट दिनदिनै जोखिममा परेका महिला तथा बालबालिकाहरुलाई उद्धार गरिरहेको बताए । उनका अनुसार उद्धार भएका व्यक्तिलाई सुरक्षित स्थानमा राख्नलाई सरकार एकदमै निरह बनेको बताए ।

प्रहरी नायक उपरिक्षक पन्तले महिला सेल कार्यालय कैलाली विभिन्न संघसंस्थाहरुसंग समन्वय र सहकार्य गरेर काम गरिरहेको बताउँदै सरकारले आफ्नै छुट्टै सुरक्षित अवस गृह सञ्चालन गरेको भए काम गर्न सजिलो हुने बताए ।

कार्यक्रममा शक्ति नेपालका अध्यक्ष चिरमाया तमांगले आफ्नो विगतको ईतिहासलाई खोतल्दै अहिलेपनि देश भरिमा २९ हजार मान्छे विभिन्न नाममा बेचविखनबाट प्रताडित रहेको बताईन् ।

उनले बेचविखनमा परेकाहरुलाई समाजले हेर्ने दृष्टिकोण, उनीको सामाजिक पुर्नमिलन तथा सम्मानमा बदलाप ल्याउन सबैको साथ र सहयोगको लागि सुदूरपश्चिममै नेटवर्कको जरुरी रहेको बताईन् ।