ईन्द्रादेवी बनिन् लठैया गाउँको भलमन्सा

पहलमानपुर, ३ माघ । घोडाघोडी नगरपालिका वडा नम्बर १० लठैया गाउँको भलमन्सा इनद्रदेवी चौधरी बनेकी छिन् ।

शुक्रबार गाउँको भुरा खेलबाट ईन्द्रादेवी सबैको सहमतिबाट भल्मन्सा बनेकी हुन् । उनलाई दूई बर्षको लागि भल्मन्सा चुनेको पुर्व भल्मन्सा श्रवण चौधरीले बताए ।

इन्द्रदेवी विभिन्न संघसंस्थामा आवद्ध भएर सिंगो गाउँको नेतृत्व गर्न सक्ने भएको बताईन । उनले विकास निर्माणको क्षेत्रमा सधैं अग्रपंक्तिमा रहेर काम गर्दै आएको भन्दै गाउँबाट सर्वसहमत भलमन्सा भएका हुन् ।