कञ्चनपुरमा माघ १ गते साँस्कृतिक कार्यक्रम हुने

धनगढी, २९ पुस । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको वडा नम्बर ३ देखतभुलीमा माघ विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

थारु समुदायको नयाँ वर्षको अवसरमा भोली (माघ १ गते) साँस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।

संयुक्त यूवा क्लब र समावेशी एकता यूवा क्लबको आयोजनामा सञ्चालन हुने सो कार्यक्रममा थारु कलाकारको विशेष प्रस्तुती हुने जनाइएको छ ।

थारु गायक दर्पण कुसुम्या, मनिराम थारु, तुफान राजवंशी, गायिका सोमती थारु र मोडल लक्ष्मी चौधरी लगायत कलाकरहरुके उपस्थिती हुने भएको छ ।