९ बुँदे सहमतीपछि पुनर्वास नगरपालिकाको तालाबन्दी खुल्यो

धनगढी, २९ पुस । कञ्चनपुरको पुनर्वास नगरपालिकामा गरिएको तालाबन्दी ९ बुँदे सहमति पछि खुलेको छ। सुकुम्बासी संघर्ष समितिले आफूहरुको व्यवस्थापन गर्नुपर्ने माग राख्दै आइतबार नगरपालिका कार्यालयमा तालाबन्दी गरेका थिए ।

नगरपालिकाले सुकुम्बासीको लगत संकलन गरि सुकुम्बासी समस्या सामाधान आयोगमा सिफारिस गर्ने प्रतिवद्धता समेत जनाएको संघर्ष समितिले जनाएको छ।

यसअघि संघर्ष समितिले आइतबार नगरपालिकाका मेयर जीवनराज थापालाई ६ घण्टा कार्यकक्षमै थुनेका थिए ।

कञ्चनपुरका अधिकांश स्थानीय तहहरुले लाल पुर्जा वितरण गर्न आयोगसँग सम्झौता गरेर काम थालेपनि पुनर्वासमा भने कुनै सुरसार नदेखाएपछि आन्दोलन गर्नुपरेको संघर्ष समितिले जनाएको छ।

पुनर्वासमा करिब ५ दशकदेखि अव्यवस्थित तथा सुकुम्वासीको रुपमा ४ हजार २ सयभन्दा बढी घरपरिवार बस्दै आएको बताइएको छ ।