कोरोनाले पत्रकारमाथि पारेको प्रभावबारे समिक्षा

धनगढी, २८ पुस । आउटलाइन मिडियाको आयोजनामा सोमबार धनगढीका संचारकर्मीहरुमा कोरोना भाइरसले पारेको प्रभाव तथा सिकाईबारे समिक्षा भएको छ ।

कार्यक्रमको सहजीकरण गर्दै वरिष्ठ पत्रकार राजेन्द्र दाहालले कोरोनाबाट केही हुँदैन भनि हेलचकराई नगर्न अनुरोध गरे । उनले व्यक्ति दुरी कायम राख्ने र मास्क लगाएर सर्तकता अपनु सबै भन्दा उत्तम विधि रहेको बताए । उनले भने,– म आफै पनि कोरोना पोजेटिभ भएकोले कोरोना लागिकेपछिको अनुभव बेग्लै रहेको सुनाए ।

नेपाल पत्रकार महासंघ कैलालीको अध्यक्ष जगत साउद कोभिडको महामारीबाट आम सञ्चार क्षेत्रमा प्रभाव परेको बताए । उनले भने, ‘घनगढीमा १७ दैनिक, ३२ रेडियो ३ टेलिभिजन र विभिन्न अनलाईनमा काम गर्ने ३ सय भन्दा बढी पत्रकार क्रियाशील भएर निरन्तर काम गरेको बताए ।

यहाँका मिडिया हाउस नीजि व्यपारबाट चल्ने भएको हुँदा बन्दाबन्दीमा बजार बन्द भएपछि स्वतह मिडिया हाउस बन्द भएको अवस्था सृर्जना भएको बताए ।

धनगढीबाट सञ्चार माध्यमबाट पोजेटिभ सूचना प्रकाशन तथा प्रसारण भएर जनता सजक भएको बताए । साथै महांसंघले पत्रकारहरुलाई खाद्यन्न, मास्क, सेनिटाईजर लगायतको सामाग्री पनि वितरण गरेको बताए ।

धनगढी पोष्ट दैनिकको सम्पादक कर्ण शाह कोभिडको सुरुवाटी चरणमै सूचना एकदम गलत तरिकाले फैलिएको बताए । जुन कारण सुदूरपश्चिम नाका भएर भारतबाट नेपाल भित्रिनेको संख्या तिब्र रहेको बताए ।

उनले सीमा क्षेत्रको सवालमा सरकारले बनाएको नीति कार्य योजना गतिलो नभएको कारण जनता दुख पाएको अनुभव सुनाए ।

अन्न पूर्ण दैनिकका ब्यूरो इन्चार्ज शिवराज भट्टले जब सीमा नाकाबाट मान्छेको भिड बढ्यो त्यो बेला केन्द्रीय अफिसबाटै एकदमै धेरै खताईयो । यता छिमेकीको हेर्ने दृष्टिकोण पूर्णरुपमा बदलिएर विभद भईरहेकोे अनुभव सुनाए ।

पत्रकार दिलबहादुर छत्याल कोभिडको त्रासमा जनमत सक्रिय भएको बताए । उनले स्वास्थ्य क्षेत्रबाटपनि ठूलो मिस्टेक भईरहेको अनुभव सुनाए ।

केर्नीन्यूज डटकमका सञ्चालक उन्नती चौधरीले बन्दाबन्दीको बेला व्यवस्थित क्वारेन्टिन र आइसोलेशन नभएको कारण महिलाहरु निकै सास्ती भोग्नु परेको बताए । उनले गर्भवती महिलाको चेकजाँच, परिवार नियोजको साधन, सेनेटरी प्याड जस्ता अतिआवश्यक सामाग्रीरुपनि पाउन मुस्किल भईरहेको बताईन् ।

कार्यक्रममा आउटलाइन मिडियाबाट सरोज दाहाल र सम्झना पौडेलको पनि सहभागिता रहेको थियो ।