माघ मिलन कार्यक्रममा थारु समुदायको मघौटा नाच
नेपालगन्ज, २८ पुस । थारु समुदायको सबैभन्दा ठूलो पर्व माघको अवसरमा मंगलबार नेपालगन्जमा माघ मिलन कार्यक्रम गरिएको छ ।
थारु कल्याणकारिणी सभा नगरसभा नेपालगन्जले थारु सम्वत् २६४४ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा.धवल शम्शेर राणा, कोहलपुर नगरपालिका उप–प्रमुख सञ्जुकुमारी चौधरीलगायतले माघको शुभकामना दिएका थिए ।
कार्यक्रममा थारु किशोरकिशोरीले मघौटा नृत्य प्रस्तुत गरेका थिए । सोही अवसरमा इन्ट्रीग्रीटी आइकन–२०२० को टप–५ मा पुगेकी नेपालगन्ज–१ की आरती थारुलाई सम्मान गरिएको थियो।













