भजनी नगरपालिकाले माघ पर्वकोलागि पुस २९ देखि २ गतेसम्म बिदा दिने
भजनी, २७ पुस । कैलालीको भजनी नगरपालिकाले माघ पर्व मनाउन तीन दिन विदा दिने निर्णय गरेको छ ।
नगरपालिकाले पुस २९ देखि माघ २ गतेसम्म तीन दिन बिदा दिने निर्णय गरेको नगर प्रमुख शेरबहादुर चौधरीले जानकारी दिए । उनले थारु समुदायमा पुस मसान्तदेखि नै माघ पर्व शुरु हुने बताउदै १ गते माघ लहान र २ गते किचरहुवा पर्व हुने भएकोले तीन दिन विदा दिएको बताए ।
माघ थारु समुदायको सबैभन्दा ठूलो पर्व हो । तर सरकारले भने माघ पर्व मनाउन १ गते मात्रै सार्वजनिक विदा दिने निर्णय गरेको छ ।













