माघ १ गतेको विदाले मान्य हुदैन, हामीलाई ३ दिन बिदा चाहिन्छः थारु अगुवा
कैलाली, २७ पुस । सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले माघको अवसरमा बिदा दिने निर्णय गरेको छ ।
माघ १ गते माघे संक्रान्ति पर्ने भएकोले सरकारले हरेक वर्ष माघ १ गते सार्वजनिक विदा दिने गर्छ । तर, थारु समुदायको माघ पुसकोअन्तिम दिनदेखि नै शुरु भई माघ २ गते सम्म मनाउने गर्दछन् । जुन कारण थारु अगुवाहरुले माघ ३ दिनको विदा अनिवार्य हुनुपर्ने माग विगतदेखि नै गर्दै आएको थारु अगुवा तथा थरुहट नेता माधव चौधरीले बताए ।
माघ थारु समुदायको नयाँ वर्ष एवं महान चाड भएकोले उनले पुस अन्तिम दिन र माघ १ र २ गते सार्वजनिक विदा दिनु पर्ने माग गरे ।
सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको प्रमुख पर्व माघ र अट्वारीमा एकदिने सार्वजनिक विदा दिने गरेको छ । थारु कल्याणकारिणीसभा सहित थारुको अन्य संघ संस्थाले थारुको प्रमुख चाडपर्वमा सरकारले सार्वजनिक विदा दिनुपर्ने माग लामो समयदेखि गर्दै आएका छन् ।
यसअघि थारु समुदायले सुदूरपश्चिम प्रदेशमा अटवारी पर्वमा सार्वजनिक विदा पाएका थिएनन् ।













