सुदूरपश्चिम प्रदेशलाई कसैले हेप्न सक्दैनः प्रधानमन्त्री ओली
कैलाली, २४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले अव सुदूरपश्चिम प्रदेशलाई कसैले पनि पछी पार्न नसक्ने बताएका छन् । धनगढीमा पुगेर जनसभालाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले गेटा मेडिकल कलेजलाई छिटै सञ्चालनमा ल्याउने बताउदै मेडिकल कलेजलाई विश्वविद्यालयका रुपमा विकास गरिने घोषणा समेत गरे ।
उनले बिमान स्थलमा राती पनि उडान गर्न सक्ने गरि उडान भएकोमा यसको अझै उन्नती गर्ने बताए । गौरीफन्टा नाकालाई स्तर उन्नतीका लागि पहल भइरहेको बताउदै प्रधान मन्त्री वलीले भने, ‘पश्चिम सेती विद्युत आयोजनाको काम अगाडि बढाइने छ। स्वादेशी लगानीमा, विदेशी लगानी खोज्ने काम पनि हुन्छ।’
उनले भने ‘यत्रो ३ करोड मान्छेमा २६५ जना उता जाँदा केही फरक पर्दैन’ उनले चुनौती दिँदै भने, ‘उहाँहरुले देशभरीमा १० वटा सिट ल्याएर देखाउन।’
प्रधानमन्त्री ओलीले नेकपा आफ्नो नातेदारको पार्टी नभएको बताउदै नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहलाई लक्षित गर्दै उनले नेकपा जनताको पार्टी भएको बताएका छन्।
‘छोरीबुहारी, सम्धी, सालासालीको पार्टी होइन यो। कोही चोइटिएर जाँदैमा नेकपा सकिदैन ।’ उनले चुनाव तोकिएकै मितिमा हुने दाबी गरे ।
‘कतिपयले चुनाव हुँदैन भनिरहेका छन्। म तेह्¥याएर भन्छु चुनाव बैशाख १७ गते शुक्रबार र २७ गते सोमबार हुन्छ। ढुक्क भएर तयारीमा लाग्नुस्,’ उनले भने। सुखी नेपाली समृद्ध नेपालको अभियानमा आफू लागेको प्रधान मन्त्री वलीको दाबी थियो ।
उनले भने, ‘तपाईंहरुले यहाँ गाली गर्दै हिँडेका, पार्टी छाडेर भागेका भगौडाहरुका कुरा सुन्नु भएको होला । तपाईंहरु प्रभावित भइरहनुपर्ने आवश्यकता छैन ।’ आफूहरुलाई गालीगलौज गर्ने फुर्सद नभएको बताए ।
‘बाटामा गएर मुख छाडेको छ, सभ्यता केही छैन। हामीलाई उहाँहरूसँगै गालीगलौज गर्न, दन्तबझान गर्ने फुर्सद छैन। देश बनाउनु छौं’ ओलीले भने।













