श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकरको पुतला दहन  र कालोझण्डा

कैलाली, २३ पुस । कैलालीको घोडाघोडी नगरपालिका सुखड बजारमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीको पुतला दहन र कालोझण्डा देखाएका छन् ।

मन्त्री चौधरीलाई प्रचण्ड–नेपाल समूहको अनेरास्ववीयूका विद्यार्थीले कालोझण्डा र पुतला दहन गरेका हुन् । अनेरास्ववियूले दोस्रो चरणको आन्दोलन अन्तर्गत मंगलबारदेखि सरकारका मन्त्रीहरूलाई कालो झण्डा देखाउने कार्यक्रम सार्वजनिक गरेको छ । सोही कार्यक्रमअन्तर्गत नै मन्त्री चौधरीलाई कालो झण्डा देखाइएको अनेरास्ववीयू कैलालीले जनाएको छ ।

संसद् विघटन भएपछि चौधरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्त भएका हुन् । उनी कैलाली क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।