सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री बोहराले दिए राजिनामा

कैलाली, २२ पुस । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले आज मन्त्रीपदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रहेका उनी आफ्नो दृढ इच्छाशक्ति र यथेष्ठ प्रयत्नका बाबजुद जनभावना अनुसार काम गर्न विभिन्न कठिनाई एवं चुनौतीको सामना गर्नु परेकोले प्रदेश सरकार मन्त्रीपदमा बसिरहदा मतको अपमान हुने देखिएकोले राजीनामा दिएको बताए ।

उनले पत्रकार सम्मेलन मार्फत पदबाट राजिनामा दिएको जानकारी गराउदै सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा अन्र्तगत प्रचण्ड माधव पक्षको वर्चश्व रहेको बताए । मन्त्री बोहरा अछाम क्षेत्र नम्बर १ को ख बाट विजयी भएका हुन ।

उनले मन्त्री पदबाट राजीनामा दिएपनि प्रदेश र मुलुकको आर्थिक समृद्धि, विपन्न वर्गको उत्थान, दलित, महिला, यूवा, द्धन्द्ध पीडित, सहिद परिवार लगायतको विकासका साथै समाजमा व्याप्त छुवाछुट छाउपडि प्रथा लगायतका कुसंस्कार निर्मुल पर्न सधै तयार रहेको प्रतिवद्धता जाहेर गरे ।