४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारतिय युवक पक्राउ

धनगढी, २२ पुस । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा ४ वर्षीया बालिकामाथि बलात्कार गरेकोे आरोपमा एक भारतिय युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टका अनुसार बालिकामाथि बलात्कार गरेको आरोपमा भारतको उत्तरप्रदेशका १९ वर्षीय रविकुमार कोरीलाई पक्राउ गरिएको हो ।

कोरी मामाघरमा आएका बेला बालिकामाथि बलात्कार गरेको उपरीक्षक विष्टले जानकारी दिए । पीडित पक्षले दिएको जाहेरीका आधारमा निजलाई सोमबार नै पक्राउ गरि घटनाको अनुसन्धान भइरहेको बताए ।