काठ, लागु औषधसहित ८ जना पक्राउ
धनगढी, २१ पुस । कैलालीमा काठ, लागु औषधसहित ८ जना पक्राउ परेका छन्।
जिल्लाको गोदावरी नगरपालिका–२ को अत्तरिया बसपार्कबाट सोही ठाउँमा १९ वर्षीय भुवन ऐर, १९ वर्षकै रोहित बलायर र कृष्णपुर नगरपालिका ५ का १९ वर्षकै नविनजंग राणा(कुँवर) लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले उनीहरुलाई चेकजाँचका क्रममा नाईट्रो भ्याट १० लेखेको १ सय ४ टयाब्लेटसहित पक्राउ गरिएको बताए। जिल्ला अदालतबाट म्याद थप गरि उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस्तै भजनी नगरपालिका–२ का ३२ वर्षीय कृष्णलाल डगौरा, ३० वर्षीय बिरबहादुर डगौरा, २१ वर्षीय नविन चौधरी, ३० वर्षीय बुधराम चौधरी र वडा नम्बर ६ का १९ वर्षीय महेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।
उनका अनुसार से१त ४९६२ र अर्को नम्बर नखुलेको ट्याक्टरबाट सिमलको काठ बरामद भएको छ। पक्राउ परेका ५ जनालाई आवश्यक कारवाहीका लागि सव डिभिजन वन कार्यालय भजनीमा बुझाइएको प्रहरीले बताएको छ।













