नेपाल/भारत सीमाक्षेत्रमा एसएसबीले गोली चलायो, एक नेपाली घाइते

महेन्द्रनगर, २० पुस । कञ्चनपुरको महाकाली नगरपालिका नेपाल-भारत सीमाक्षेत्रमा एसएसबीले गोली चलाएको छ। गोलीको छर्रा लागेर महाकाली नगरपालिका-१ का नरेन्द्र लुहार घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार दोधारा चादनी नेपाल-भारत सीमाक्षेत्रमा गोली चलेको खबर प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको छ ।

उनले गोलीको छर्रा लागेर १ जना घाइते भएको खबर आएको जानकारी दिए । गोली पारीबाटै हो भन्ने बुझिएको छ।

उनले घटनाको आधिकारिक जानकारी आउँन बाँकी रहेको बताए। स्थानीयको अनुसार भारतीय एसएसबीले गोली चलाउँदा एक जना गम्भीर घाइते भएका छन्।