टीकापुर राजबन्दी परिवारलाई माघ मनाउन आर्थिक सहयोग

धनगढी, १८ पुस । थारु कल्णकारीणी सभा युएई दुवईले टीकापुर राजबन्दी परिवारलाई माघ पर्व मनाउन आर्थिक सहयोग गरेको छ ।

थारु विद्यार्थी समाजको जिल्लाको समन्वयमा युएई दुवईले १० जना राजबन्दी वरिवारलाई जनही ११ हजारका दरले एक लाख १० हजार रुपैया आर्थिक सहयोग गरेको अध्यक्ष आशिष चौधरीले बताए ।

उनले टीकापुर राजबन्दी परिवारलाई माघ पर्व मनाउन सहयोग पुगोस् भन्ने उदेश्यले विदेशमा रहेर क्रियाशील संघसंस्थासंग समन्वय गरेको बताए ।

थारु विद्यार्थी समाजले यो भन्दा अगाडीपनि विभिन्न व्यक्ति संघसंस्थाहरुको समन्वयमा टीकापुर राजबन्दी परिवारलाई सहयोग गर्दै आएको अध्यक्ष चौधरीले बताए ।

कार्यक्रमका प्रमुख अतिथि थारु राष्ट्यि कलाकारका केन्द्रीय सदस्य रमेश मिसन चौधरी, विशिष्ट अतिथिमा थाकसका क्षेत्र नं. १ का अध्यक्ष लौटन चौधरी, अतिथिमा थाकस यूएईका पूर्व अभ्यक्ष एवम् संस्थापक सदस्य किशोर चौधरी, थाकस यूएईका सचिब धर्मराज महतो, थाकस यूएईका पुर्व उपाध्यक्ष जागुराम चौधरी, थाकस यूएईका पुर्व सदस्य एवम् खेलकुद विभाग प्रमुख बुद्धिराम चौधरी रहेका थिए ।

कार्यक्रम संचालक थारु कलाकार खगेन्द्र चौधरीले गरेका थिए भने स्वागत मन्तव्य सामाजसेवी धना चौधरीले गरेका थिए ।