बाघको आक्रमणबाट एक महिलाको मृत्यु

धनगढी, १८ पुस । पाटे बाघको आक्रमणबाट लम्किचुहा नगरपालिका–४ की ५० वर्षीया नन्कला थापाको मृत्यू भएको छ ।

शुक्रवार नेपालगन्जबाट २२ वर्षीय छोरा सन्तोस थापासँगै घर फर्किदै गरेकी महिलालाई बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गतको सडकमा पाटे बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिए ।

शुक्रवार साढे ८ बजे देखि बेपत्ता महिलाको महिलाको शनिवार बिहान शव फेला परेको थियो । घटना स्थल नजिकै उनको शव फेला परेको प्रहरीले जनाएको छ ।