सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री बोहरा पदमुक्त
धनगढी, १४ पुस । सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा पदमुक्त भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई आज पदमुक्त गरेका हुन ।
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बोहरालाई संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गरिएको बताए ।
भौतिक पूर्वाधारमन्त्री बोहरा केपी ओली पक्षका सुदूरपश्चिम प्रदेश सरकारमा यक्ला मन्त्रि हुन । केन्द्रमा भएको विभाजन अनुसार प्रदेशमा प्रचण्ड–माधव पक्षको स्पष्ट बहुमत छ ।
प्रचण्ड–माधव पक्षका केही नेता ओली खेमामा जाने तयारी गरिरहेकै बेला प्रचण्ड–माधव समूहका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले सुदूरपश्चिममा सक्रियता बढाइरहेका छन ।













