न्यायलयको फैसला विरुद्ध जनता सडकमा उत्रिनु पर्छः नेकपा प्रदेश सचिब थारु

कैलाली, १४ पुस । नेकपाका सुदूरपश्चिम प्रदेश सचिब नेपबहादुर थारु (सिंहराज) ले प्रधानमन्त्री केपीशर्मा ओली योजनाबद्ध तरिकाले राष्ट्रिलाई पश्चगामी तर्फ लैजान संसद विघटन गरेको बताए ।

उनले प्रतिनिधि सभा पुर्नस्थापनाकोलागि सबै परिवर्तनकामीहरु एक जुट भएर स्वार्थ पुरा गर्ने नेता तथा नेतृत्व विरुद्ध आन्दोलनमा उत्रिन जरुरी रहेको बताए । केर्नीन्यूज डटकमसंगको कुराकानीमा उनले भने ‘अब जनता सडकमा उत्रिन जरुरी छ । जनता नै सर्वप्रिय निर्णायककर्ता हुन्, आफ्नो योगदान पश्चात प्राप्त उपलब्धीको लागि आन्दोलनको विकल्प स्वयम खोज्न जरुरी छ ।’

उनले संघिय लोकतन्त्रको रक्षाको लागि जनतालाई सदा सहयोग गर्न तयार रहेको प्रतिवद्धा जाहेर गरे । प्रदेश सचिब थारुले थरुहट नेता माधब चौधरीसंग भएको कुराकानीलाई जोड्दै भने ‘संसद विघटनको मुद्धा र टीकापुर घटनाबारे उच्च अदालतले गरेको फैसला प्रति न्यायलयले जनतालाई अन्याय गरेको छ ।’

टीकापुर घटनाप्रति उच्च अदालतले गरेको फैसला गलत हो, यसलाई राजनीतिक ढंगले सुल्झाउन सर्वोच्च अदालतबाट हल गर्नुपर्छ, अन्यायमा परेका थारुहरुलाई सर्वोच्चले न्याय दिनै पर्ने तर्क दिए ।