नवनियुक्त मन्त्री गौरीशंकर पदलोलुप भएको कैलारी गाउँपालिका अध्यक्षको आरोप

धनगढी, ११ पुस । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डलमा नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई कैलालीको कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले पदलोलुप भएको आरोप लगाएका छन् ।

पूर्व कृषि मन्त्ती समेत रहेको गौरीशंकर कैलालीको निर्वाचन क्षेत्र नं.३ बाट निर्वाचित सांसद हुन्। माओवादी आन्दोलनबाट राजनीतिमा आएका गौरीशंकर कैलारी गाउँपालिकाका स्थानीय हुन्। उनका पार्टी सहकर्मी तथा सोही गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले मन्त्री चौधरीलाई लालची, दलाल र पदलोलुपमा परेको अरोप लगाए ।

उनले केर्नी न्यूजसंको कुराकानीमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको काम असंबैधानिक र प्रतिगामी रहेको बताउदै ओलीको गणतन्त्र विरोघी प्रबृतिमा मन्त्री चौधरीलाई लाड्न खोजेको आरोप लगाए । साथै ओलीको ग्राण्डडिजाईनमा मन्त्री चौधरी फसेको बताए ।

अध्यक्ष चौधरी आफ्नो फेसबुकमा लेख्दै मन्त्री चौधरीलाई कडा चुनौती सिमेत दिएका छन् ।

गौरीशंकर चौधरी मन्त्रीमा सपथ लिएपछि गाउँपालिका अध्यक्ष लाजुरामले प्रतिक्रिया जनाउँदै लेखे, “मरेडहरु कुनै संकोच नमान्नुस मिति २०७७ पौष ५ गते पार्टी अलग भएको बेला गौरीशंकरलाई दलाल र चातुकार भनेको थिए। तपाइको रु दश करोड ऋण छ । तपाईं ऋण तिर्नलाई ओलीको चातुकार बन्नु हुनेछ। उहाँले त्यही दिन ओलीको गाली र बेइज्जत गर्नु भो। बडो हसिलो र मुस्काान अनि क्रान्तिका कुरा गर्नु भो, अचम्म! अनि मैले के सोचे हुला चिन्ता अनि भोकाएको अनुहारलाई के खुवाउने ? ‘राती खाएन बिहान खाएन’ गौरी जी ले भनेपछि खाना खुवाए। हासी माजाक उहीँ भो ‘दलाल र चातुकार न बन्नुस’ काठमाडौ पठायौ। टिकट को कुरा न गरौ न उहीँ दिन को ‘पेट्रोल’ को आज उही भो अब आइज तेरो भाषण र मेरो भाषण ? दलाल हामी कैलारीका कमरेड एक छौ।”