कैलालीका गौरीशंकर चौधरी श्रम मन्त्रीमा नियुक्त
धनगढी, १० पुस । कैलाली निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित गौरीशंकर चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा नियुक्त भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेपछि उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका हुन् । यसअघि रिक्त मन्त्री पदमा शुक्रबार ओलीले नियुक्त गरेका हुन्। उनी सहित ५ जनालाई नियुक्त गरेको हो। विहिबारसम्म चौधरीले आफु प्रचण्ड(नेपाल समूहमा रहेको प्रतिक्रिया दिदै आएका थिए।
त्यस्तै, शहरी विकामन्त्रीको जिम्मेवारी प्रभु साहले पाएका छन् भने खानेपानी मन्त्री मणि थापा, वन तथा वातावरण मन्त्रीमा प्रेम आले, दावा लामा युवा तथा खेलकूद र टोपबहादुर रायमाझीलाई उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मा दिइएको छ।













