करिब ३ किलो चरेशसहित २ जना पक्राउ

धनगढी, ९ पुस । कैलालीमा प्रहरीले लागुऔषध चरेशसहित २ जनालाई पक्राउ गरेको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–३ विशालनगरबाट २ जनालाई २ किलो ९ सय ग्राम चरेशसहित पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनुसार पक्राउ पर्नेमा बझाङ बित्थडचिर गाउँपालिका–२ का २५ वर्षीय करन बोहरा र ३२ वर्षीय जयबहादुर बोहरा रहेका छन्।

पक्राउ परेमा दुवै जनामाथि अनुसन्धान भइरहेको उनले बताए।