ओरेक नेपालद्वारा एच.आइ.भी. संक्रमितहरुलाई राहत
धनगढी, ९ पुस । ओरेक नेपाल कैलालीले गोदावरी नगरपालिका एक सय जना एच.आइ.भी. संक्रमितहरुलाई खाद्यन्न वितरण गरेको छ ।
कोभिड १९ कोरोना महामारीका कारण संक्रमितहरुको रोजगारी गुमेकोले संस्थाले खाद्यन्न सहयोग गरेको ओरेक नेपालका कार्यक्रम संयोजक गीता चौधरीले बताइन् ।
उनले प्रति व्यक्ति २५ किलो चामल, नुन, दाल, साबुन सरफ र सेनेटरी व्याडको लागि २ मिटर कटनको कपडा दिएको बताईन् । राहत पाएपछि उनीहरु खुशी भएका थिए ।













