प्रचण्ड बने नेकपा संसदीय दलको नेता
काठमाडौं, ८ पुस । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन्।
बुधबार दिउँसो बानेश्वरमा बसेको बहुमत सदस्य सहभागी संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दलको नेताबाट हटाइ दाहाललाई चयन गरेको नेकपा स्थयाी कमिटी सदस्य योगेश भट्टराईले बताए।
अध्यक्ष माधवकुमार नेपालले अर्का अध्यक्ष दाहाललाई संसदीय दलको नेता बनाउने प्रस्ताव गरेका थिए। नेपालको प्रस्ताव सर्वसम्मतले अनुमोदन भयो।
नेकपाको बहुमत केन्द्रीय कमिटी सदस्य सहभागी मंगलबारको तेस्रो केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्षबाट हटाएर उक्त ठाउँमा माधवकुमार नेपाललाई अध्यक्ष बनाएको थियो । हिमालखबर













