जिल्ला प्रहरी कार्यालय कैलालीले एक लाख बढीको समान बरामद
धनगढी, ८ पुस । जिल्ला प्रहरी कार्यालय कैलालीले एक लाख भन्दा बढीको समान बरामद गरेको जनाएको छ ।
कैलालीबाट खटिएको प्रहरी टोलीले विभिन्न मितिमा धनगढीबाट भन्सार चोरी पैठारी गरी ल्याई बेबारिसे अवस्थामा रहेको समान बरामद गरेको हो ।
प्रहरीले अन्दाजी मुल्य रु एक लाख अठत्तिस हजार सात सय बराबरको खाद्यान्न, लत्ताकपडा, ईलेक्टोनिक समान र भाडा वर्तन लगायतको सामान बरामद गरी आवश्यक कारबाहिका लागि त्रिनगर भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।













