फैसला नश्लीयतपूर्ण छ, दासत्वको विरुद्धमा विद्रोह गर्छौंः लक्ष्मण थारु (भिडियो सहित)
धनगढी, ५ पुस । थरुहट नेता लक्ष्मण थारुले दासत्वको विरुद्धमा विद्रोह गर्न आवश्यक रहेको बताए । उनले उच्च अदालतको फैसला पछि पहिलो पटक सञ्चार माध्यममा यस्तो अभिव्यक्ति दिएका हुन् ।
केर्नीन्यूज डटकमसंगको कुराकानीमा उनले भने ‘हामी कुनैपनि हालतमा दासत्व स्वयीकार गर्दैनौं । उच्च अदालतको फैसला सरासर गलत छ । पुर्वग्राही, नश्लेयीत भरिएको फैसलालाई हामी मान्न तयार छैनौ ।’
टीकापुर घटना सम्बन्धी मुद्दामा उच्च अदालत दिपायलले पुस २ गते सुनुवाइ गर्दै जन्म कैद फैसला सुनाए थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक थारु एकाएक गुमनाम छन्। उनी प्रहरीको खोजीमा समेत परेका छन्।
तर मुद्दाका प्रतिवादी रहेका थारुले अदालतको फैसलापछि अदालत उपस्थित नहुने प्रतिक्रिया दिए । उनले भने, ‘म डराएको छैन। भागेको छैन। मलाई गम्भीर बनाएको छ, अदालतको फैसलाले। फैसला नश्लीयतपूर्ण छ। राजनीतिक चलखेल भयो, जुनभाग्यपूर्ण छ। हामी कुनै पनि हालतमा यो फैसला मान्न तयार छैनौ। हामी आत्मसमर्पण गर्दैनौ।’
‘म जेलबाट छुटेपछि दर्जनौं कार्यक्रम गरे। लाखौं कार्यकर्ता भेटे र संगठित गयौ। जुन शासकहरुलाई पचेन। आफ्नो पार्टीमा बोलाउँछन्। थारु समुदाय अधिकार नखोजोस् भन्ने चाहान्छन्। तर हामी दासत्वको विरुद्ध लडिरहेका छौ।’ अवको विद्रोह शान्तिपूर्ण र हतियाररहित राष्ट्रिय मुक्तिको अभियान रहने नेता थारुले बताए ।













