राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन, बैशाष १७ र २७ मा निर्वाचन घोषणा

काठमाडौं, ५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी छन्।

मन्त्रिपरिषद्को निर्णय बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेको प्रवक्ता बद्रिनाथ अधिकारीले विज्ञप्तिमार्फत् जानकारी गराएका छन्।

राष्ट्रपति भण्डारीले १७ र २७ वैशाख २०७८ मा प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेकी छन्।