वैशाख २३ मा आमचुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव
काठमाडौँ, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेटेर शीतलनिवासबाट बाहिरिएका छन्। मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट संसद् विघटनको सिफारिस लिएर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए ।
स्रोतका अनुसार प्रधानमन्त्रीले संसद् विघटन गरेर वैशाख २३ मा आमचुनाव गर्ने प्रस्ताव गरेका छन् । त्यही विषयमा राष्ट्रपतिसँग छलफल भएको थियो ।













