‘मेलमिलापकर्ताको काम आपसी सम्वाद र विश्वासले गुमेको खुशी ल्याउनु हो’
धनगढी, ४ पुस । ‘दिगो शान्तिका लागि उन्नत सम्बन्ध’ नाराका प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले आठ दिने मेलमिलाप सम्बन्धि आधारभूत तालिम सम्पन्न गरेको छ ।
प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका कार्यकारी निर्देशक चुपबहादुर थापाले ‘शरीरको अंग फाँटेर मात्रै मान्छे मर्दैन त्यो भन्दा बढी मन फाटेर जीवन जीवन गुमाउनु परेको छ ।’
उनले भने ‘कसैको बाहिरी अंग होस् या भित्रि अंगको अप्रेसन गरि डाक्टरले धातुको सियोले सिलाएर धागाको टाँका लगाई जीवन बचाउछ । यस्तै मेलमिलापकर्ता आपसी सम्वादको सियोले सिलाएर विश्वासको धागाबाट टाँका लगाउनु पर्छ । फाटेको मनलाई सिलेर गुमेको खुशी, हाँसो फिर्ता ल्याइ समाजमा शान्ति स्थापना गरौं ।’
कैलाली जिल्लाका न्याधिश टेकराज जोशीले अदालतले पनि मेलमिलापलाई महत्वपूण मानेको बताए । उनले भने मेलमिलापबाट समाधान हुन सक्ने विवादलाई मेलमिलापकर्ताहरुसंग छलफल गराइ दिन अनुरोध गरेको बताए ।
तालिमका सहभागी त्रिरिपुरा गिरीले तालिम लिनु भन्दा अगाडी मेलमिलाप भनेको झगडा मिलाउने काम सोचेपनि तालिम लिईसकेपछि झगडा हुन नदिनलाई पनि मेलमिलाप कर्ताको ठूलो भूमिका रहेको बताईन् । उनले तालिममा सिकेका ज्ञान समुदायमा गएर सदुपयोग गर्ने प्रतिवद्धता जनाइन् ।
यस्तै सहभागी भवानी कोलीले गाउँमा हुने साना तिन विवादलाई समाधान गर्न सक्ने सीप सिकेको बताए ।
प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालका सहजकर्ता दिपु चौधरीले विवादपछि सम्बन्ध टुट्ने भएको सम्बन्धलाई बलियो बनाने काम मेलमिलाप कर्ताको रहेको बताए । सम्बन्धलाई जोगाइराख्यो भने सधैभरि साथ दिने उनको तर्क थियो ।
प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र अछाम जिल्लाका स्रोत व्यक्ति टंक भण्डारीले आफूहरु शान्ति अभियानको रुपमा जोडिएको बताउँदै आफूहरुको काम फाटेको मनलाई सिल्नु रहेको बताए ।
उनले तालिममा सिकेको सिप प्रयोग गरि सबैसंग समन्वय र सम्पर्क गर्न अनुरोध गरे । उनले ‘हरिया बनलाई पानीको अभाव भयो, फाटेका मनलाई सम्बादको सियो सिलाऔं ।’ भन्दै गितपनि गाएका थिए ।
कार्यक्रममा वि पोलिटेक्निकका सञ्चालक हिरा भण्डारी प्रशिक्षक अधिवक्ता गणेश कडायत लगायतको सहभागिता रहेको थियो । पश्चिम क्षेत्रिय संयोजक बल्लु चौधरीले कार्यक्रमको सञ्चालन गरेका थिए ।













