सुदूरपश्चिममा ६ प्रतिशत विद्यार्थी मात्रै बैकल्पिक शिक्षाको पहुँचमा

धनगढी २ पुस । कोभिड–१९ को महामारीपछि शुरु गरिएको वैैकल्पिक शिक्षा प्रभावकारी नभएको वक्ताहरुको भनाई छ ।

शिक्षा अधिकार अनुगमन समुह सुदूरपश्चिम प्रदेश तथा लु निमा बाल सरोकार समुह नेपाल, विल्डअन नेपाल, विदेश मामिला मन्त्रालय, फिनल्याण्ड, इन्टरपेडिया, फिनल्याण्डको संयूक्त आयोजनामा भएको विद्यालय संचालन सम्बन्धी कार्यढाचा २०७७ र यसको प्रभावकारी कार्यान्वयन विषयक सुदूरपश्चिम प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा यस्तो भनिएको थियो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयको सचिव रघुराम विष्ट कोभिडपछि विद्यालयमा वैकल्पिक शिक्षा पढाई शुरु भएपनि प्रभावकारी हुन नसकेको बताए । ‘प्रविधिबाट पढाई भयो तर आधा भन्दा बढि विद्यार्थी सहभागि हुन पाएनन् ।’

कोभिड–१९ को महामारीबाट बाच्नको लागि धेरै विद्यार्थीहरु कम्पूटर वा मोबाईल मार्फत भर्चुअल कक्षा लिने क्रममा एकोेहोरो भएर मानसिक समस्याबाट प्रताडित रहेको बताए ।

प्रध्यायपक मनो प्रसाद वाग्लेले कोरोना महामारीको बेला विद्यालय सञ्चालन ढाँचाबारे जानकारी दिदै नेपाल भर जम्मा १७ प्रतिशत विद्यार्थी अनलाईन कक्षामा सहभागी भएको तथ्यांक रहेको बताए । जस मध्यये सुदूरपश्चिममा जम्मा ६ प्रतिशत मात्रै प्रविधिको पहुँचमा रहेके बताए ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास समितिको सभापति कुन्ती जोशी प्राविधिक कक्षा संचालन गर्ने क्रममा समन्वयको कमी रहेको बताए । उनले विद्यालय संचालनको लागि कार्यविधि बनेपनि कार्यान्वयन र अनुगमन फितलो भएको कारण मापदण्ड अपनाएरपनि विद्यालय संचालन गर्न चुनौती रहेको बताए ।

प्रदेशसभा सदस्य टेक बहादुर रैका, गेल्मुसिंह बोहरा, लाल बहादुर खडकाले विद्यालय संचालन गर्नु बाहेको विकल्प नरहेको पनि संक्रमणको जोखिमबाट बाच्न निकै चुनौती रहेको बताए ।

पञ्चोदय माविको प्रअ हरिश ओझाले कोरोनाको कारण सय भन्दा बढि विद्यार्थी विद्यालय छोडेर अन्तै गईसकेको बताउदै कोभिड–१९ को कारण एसइइ परिक्षाको नतिजाले शिक्षकहरुलाई अभिभावकहरुले निकै तनाव दिएको बताए ।

शारदा माविको प्रअ तेज बहादुर सिंह विद्यालय संचालनको लागि नगरपालिकाबाट सात वटा विकल्प आएपनि पालना गर्ने क्रममा विद्यालयको स्वयम अफ्नो स्रोतको कमीले गाह्रो भईहरेको बताए ।

उनले विद्यालय, अभिभावक, विद्यार्थी, शिक्षक सबै मर्कामा परेकोले सरोकारवाला निकायको ध्यान जान जरुरी रहेको बताए । सामाजिक विकास मन्त्रालयको शिक्षा शाखा अधिकृत जयदेव महरा, एडजस नेपालको अध्यक्ष चित्रा पनरु, फाया नेपालको धनपति ढुङेल लगायतले नौ महिना सम्मापनि विद्यार्थी पढाईबाट बन्चित भईरहेकोले बताउदै मापदण्ड अपनाएर विद्यालय संचालन गर्न आग्रह गरे ।

शिक्षा अधिकार अनुगमन समुह सुदूरपश्चिम प्रदेशको उपसंयोजक हर्कबहादुर ओलीको अध्यक्षतामे हुइल कार्यक्रमको संचालन लु निमा बाल सरोकार समुह नेपालको जिल्ला परियोजना संयोजक कृष्णगोविन्द महर्जनले गरेका थिए ।