नवजीवन अस्पतालमा एनआइसियू सञ्चालन
कैलाली, २९ मंसिर । धनगढीको नवजीवन अस्पताल प्रालिले आजदेखि नवजात शिशुहरुको सघन हेरचाह यूनिट (एनआइसियू) सञ्चालनमा ल्याएको छ ।
अस्पतालका निर्देशक ड. विदुरमणि ढकालले रिबन काटेर एनआइसियूको उद्घाटन गरेका थिए । हाल १० वेडबाट सेवा दिने र समय अनुसार अगामी दिनमा एनआइसीयूमा थप बेड विस्तार गर्दै जाने निर्देशक डा. ढकालले बताए ।
‘अहिले अति सेवा सुविधा सम्पन्न दुइवटा भेन्टिलेटर सहिट १० वेडको एनआइसीयू सञ्चालनमा ल्याएको छौं’, डा। ढकालले भने–‘समय अनुसार बेड विस्तार संगै सेवा सुविधा पनि थप्दै जान्छौँ ।
‘अस्पतालमा दैनिक १० देखि १५ वटा प्रसुति हुने गर्दछन्’, त्यस मध्ये एभरेजमा दुईतीन जना बच्चालाई एनआइसीयूमा राख्नु पर्ने अवस्था आउछ’, उनले भने । एनआइसीयू सञ्चालन आएपछि त्यस्ता केस भएका ९० प्रतिशत विरामीलाई अस्पतालले सेवा सुविधा दिन सक्ने दाबी गरेको छ ।

अस्तालले समय अनुसार आफ्नो सेवा थप गर्दै गएको छ । अस्पतालले गत जेठमा भेन्टिलेटर सहित ६ बेडको सघन उपचार कक्ष आइसियु सेवा सिन सञ्चालन ल्याइ सकेको छ ।
यस्तै अस्पतालले गत वर्ष नै एकै साथ ६० जनाको रगत परिक्षण उपकरण ‘बायो–केमेस्ट्री एनालाइजर’ र ‘म्यागलुमी ८००’ मोडलको मेसिन समेत सञ्चालनमा ल्याइसकेको छ । फुली अटोमेटिक बायोकेमेस्ट्री एनालाइजर ह्युमास्टर २०० मोडल रहेको उक्त मेसिनले बायोकेमेस्ट्री सम्बन्धी सबै रोगको परिक्षण गर्ने जनाएको छ । साथै म्यागलुमी ८०० मोडलको मेसिनले हर्मोनल सम्बन्धी सबै परिक्षण गर्न सकिने अस्तालले जनाएको छ ।
उक्त मेसिनले जटिल रोग पहिचान गर्न सहयोग पुग्ने दाबी गर्दै अस्तालले रगत परीक्षण गर्दा छिटो, सहज र सही तरिकाले रोग पत्ता लाग्न सक्ने जनाएको छ । उक्त उपकरणले रगत परीक्षण गर्दा ९९ प्रतिशत रोग पत्ता लगाउन सक्ने र उपचारमा सहजरुपले सहयोग पुग्ने अस्पतालले जनाएको छ ।













