सरकारलाई ठेगान लगाउन काँग्रेस सडकमा आउन बाध्य भयोः गगन थापा

कैलाली, २९ मंसिर । नेपाली काँग्रेसका युवा नेता तथा पूर्व मन्त्री गगन थापाले संसदबाट भागेको सरकारलाई ठेगान लगाउन नेपाली काँग्रेस सडकमा उत्रिएको बताए ।

काँग्रेसद्धारा धनगढीमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै युवा नेता थापाले सरकारलाई ठेगानमा नलगाएसम्म नेपाली काँग्रेस घर फिर्ता नहुने अडान सुनाए ।

‘सरकार शक्तिशाली छ । तर जनतालाई शक्तिशाली बनाउन सरकारले कुनै काम गरेको छैन हावादारी गफमा समय बिताईरहेको छ । यस्तो हावादारी सरकारलाई मुर्दाबाद भन्दापनि फरक पर्दैन ।’ युवा नेता थापाले भ्रष्टाचार गर्दैन भन्ने सरकारले वाईड बडी पुरै खाएको आरोप लगाए ।

नेकपा सरकारको सर्वससत्तावादको बिरोध गर्दै उनले राष्ट्रपति बिद्यादेवी भण्डारीले आफूलाई महारानी सम्झिन थालेको भन्दै चर्को आलोचना समेत गरे । `राष्ट्रपति आँखा नच्मकाई बक्स्योस, हात लम्काईस्योस, हिम्मत छ भने काठमाण्डौमा चुनाव लड्न आइस्योस ।’

राष्ट्रपति भण्डारीले राष्ट्रपतिको मर्यादा र गरिमा कायम जस्तो सम्मानित भएर बस्नु पर्नेमा नेकपाको नेताका रुपमा आफूलाई प्रस्तुत गरिरहेको भन्दै यूवा नेता थापाको आलोचना थियो ।

उनले सुदूर पश्चिमका जनताले लाचार र निरिह मुख्यमन्त्रीका कारण दुःख पाएको आरोप समेत लगाए । मुख्यमन्त्रीकै कारण सुदूर पश्चिमका जनताको परिवतर्नन र विकासको अपेक्षा पुरा हुन नसकेको बताए । ४० मिनेट लामो सम्बोधनमा उनले सत्तारुढ दलका नेताहरुको आलोचनामा विताए ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गृह जिल्लामा दमन गरिएको र कोरोना उपचारमा सरकार असफल भएको भन्दै नेपाली काँग्रेस देशभरि विरोध प्रदर्शन गरेको हो ।