नेपाली काँग्रेसको विरोध सभा शुरु
धनगढी, २८ मंसिर । नेपाली काँग्रेसको धनगढीमा हुने विरोध सभा शुरु भएको छ । धनगढीको ट्राफिक चौराहादेखि पार्क चोकमा विरोध प्रदर्शन थालिएको हो ।
विरोध सभालाई सम्बोधन गर्न काँग्रेसका केन्द्रीय नेताहरु धनगढी आएका छन्। विरोधलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापा, रामजनम चौधरी, प्रदेश सभा सदस्य टेक बहादुर रैका र धनगढी उपमहानगरपालिकाकी उपमेयर सुशिला मिश्र भट्टलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।














