भोली धनगढीमा नेपाली काँग्रेसको विरोध सभा, गगन थापाले सम्बोधन गर्ने
कैलाली, २८ मंसिर । कैलालीको धनगढीमा भोली नेपाली काँग्रेस पार्टीले विरोध सभा गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलन गरि पार्टीका सभापति सभापति नरनारायण शाह मनुले बताए विरोधसभाको तयारी पुरा भएको जानकारी दिदै सम्बोधनको लागि पार्टीका केन्द्रीय सदस्य तथा यूवा नेता गगन थापाद्धारा सम्बोधन हुने जानकारी दिए ।
दसैँ तिहार पछि सरकार विरुद्ध विरोधका कार्यक्रम अगाडि बढाउने पूर्ण रणनीति अनुसार सोमबार कैलालीमा विरोध प्रदर्शन गर्न थालिएको उनले बताए ।
उनले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गृह जिल्लामा दमन गरिएको र कोरोना उपचारमा सरकार असफल भएको भन्दै त्यसको समेत विरोध गर्न प्रदर्शन गरिन लागिएको बताए । ‘सरकारमा भष्टचार र व्यथिति बढ्दै गएको छ महिला हिसापनि बढेका छन् हामी यसको समेत विरोध गर्छौ’ उनले भने ।
काँग्रेसले प्रतिप्रक्षको भूमिका निभाउन नसेको आरोप खेपिरहेका बेला कैलालीमा विरोध प्रदर्शन आयोजना गर्न लागिएको हो । सोमवार ११ बजे धनगढीको चौराहा बाट सुरु भएको विरोध ¥याली पार्क चोकमा कोण सभामा परिणत हुने बताएकोछ ।
विरोध सभामा कैलाली जिल्लाका विभिन्न क्षेत्रबाट १२ हजार बढीको सहभागिता हुने सभापति शाहले बताए ।सोमवार काँग्रेसले देशव्यापी रूपमा ७७ वटै जिल्लामा विरोध सभा प्रदर्शन गर्न लागेको हो ।













