२ करोड २० लाखको लागतमा निर्माण हुने २५ मिटर लामो पुलको शिलान्यास

कैलाली, २८ मंसिर । कैलालीको घोडाघोडी नगरपालिका ४ स्थित भालुफाटा र मैतुवा जोड्ने खोलामा पुल निर्माण हुने भएको छ । लामो समयदेखी पुल नहुँदा सो क्षेत्रका जनता समस्या भोग्दै आएका थिए । पुलको शिलान्यास भएपछी त्यहाँका बासिन्दा खुशी भएका छन् ।

घोडाघोडी नगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारको संयुक्त लागत (२ करोड २० लाख) मा निर्माण हुने २५ मिटर लामो मोटरेवल पुलको सुदूर पश्चिम प्रदेश सभाका सदस्य अमरबहादुर साउँदले शिलान्यास गरे ।

घोडाघोडी नगरपालिकामा नगर सरकार र प्रदेश सरकारको संयुक्त सहकार्यमा विकास निर्माणका कामले गति लिएको प्रदेश सभाका सदस्य अमरबहादुर साउदले बताए । उनले यहि आर्थिक बर्ष भित्रै ५ वटा पुलहरु संचालनमा आउनेगरी काम भैरहेको बताउँदै अन्य योजनाका बारेमा छलफल धईरहेको जानकारी दिए ।

जनतासंग गरेका बाचालाई पुरा गर्ने प्रयासमा विकास निर्माणका कामलाई निरन्तर दिईरहेको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले बताए । उनले आफुहरु निर्वाचित भएर आइसकेपछी पुल पुलेसो, बाटोघाटो शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा काम गरिरहेको बताए ।

नगरपालिकाको उपप्रमुख प्रेमकुमारी थापाले स्थानीय सरकार र प्रदेश सरकार विचको समन्वय र सहकार्य हुन जरुरी रहेको बताईन् ।