‘महिलाहरुको लागि कामसंग मर्यादा मात्रै जोडियो, सम्मान छैन’

धनगढी, २४ मंसिर । लैंगिक हिंसा न्यूनिकरण गर्न घरभित्रको कामलाई सम्मान गर्न आवश्वय रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
लैंगिक समानता सम्बन्धी मान्यताहरुको प्रर्वद्धन गर्न हेरचाह कार्यमा पुरुष सहभागिताको महत्व बारे अन्तरक्रिया कायक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा धनगढी उपमहानगरपालिकाका उपप्रमुख शुसिला मिश्र भट्टले महिलाहरुलाई महिला भएकै कारण विभिन्न खाले विभेद भईरहेको बताइन । उनले भनिन् महिला सशक्तिकरणले महिलाहरु घर बाहिर आउन सक्षम पनि पुरुषहरु भान्छा र पानी पँधेरोसम्म पुगे कि पुगेनन् भन्ने कुरा महत्वपूर्ण हो ।

महिला ४ वजेपछि घरजान हतार गरिहाल्ने कुरालाई धेरै ठाउँमा व्यांगात्मकरुपले व्याख्या गरिरहेको कुराको प्रुंग निकाल्दै उनले भनिन् ‘जहाँ पैसा छ त्यहाँ कामको मूल्याकन छ, तर महिलाहरु रात दिन काम गर्छन् त्यो काम देखिन्दैन । यति सम्म की साँझा शूर्य अस्ताई सक्छ तर सुकाउन हालेको लुगा उठाउने मान्छे हुदैनन् अनि महिला घर जानलाई हतार नगरे के गर्छनन् ।’ उनले भनिन्, ‘महिलाहरुलाई कामसंग मर्यादा जोडिन्छ तर कामको सम्मान छैन ।’

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत फाया नेपालको आयोजनामा बुधबार धनगढीमा सो अन्तरक्रिया आयोजना गरिएको थियो ।

कार्यक्रममा फाया नेपालका पूर्व अध्यक्ष शेरबहादुर बस्नेतले महिलाहरुलाई सेवामूलकमा लगाउने प्रवृति कायमै रहेको बताए । उनले लैंगिक हिंसा न्यूनिकरण गर्न रहेक व्यक्तिले आफ्नो व्यवहार परिवर्तन गर्न जरुरी रहेको बताए ।

सो अवसरमा लैङ्गिक मूल्य मान्यता र स्याहार कार्यमा पुरुष सहभागिता सम्बन्धमा फायाकै लालबहादुर महराले आधार पत्र प्रस्तुत गरेका थिए । उनले महिलाहरुको कार्यबोझमा पुरुषहरुले सहयोगी भूमिका निर्वाह गर्नसक्ने समेत बताए ।

अकिारकर्मी गोमा आर्चायले लैंगिक विभेद अन्त्यको लागि बच्चा हुकाउँदादेखि नै व्यवहारमा परिवर्तन ल्याउन जरुरी रहेको बताइन् । उनले आमा बुवालाई काम गरेको देख्यो बच्चाहरुले त्यसबाट सिक्ने गरेको बताइन् ।

धनगढी उपमहानरपालिका सामाजिक शाखा अधिकृत टंक विष्ट व्यवहार परिवर्तन गर्न बालबालिकालाई स्कुल तहको शिक्षाबाट सिकाउनुपर्ने बताए ।

फाया नेपालका पूर्व अध्यक्ष धनपति ढुंगेलले श्रीमतिले सधैं श्रीमानको भित्रि वस्त्र धुँदा अप्ठेरो हुदैन भने श्रीमानलाई किन श्रीमति बस्त्र धुँदा सुकाउँदा लाज मान्न नहुने बताए । उनले यस्ता साना साना काममा सबैले सम्मान गर्नुपर्नेमा जोड दिए ।

ओरेक कैलालीकी गीता चौधरीले बच्चा स्याहार कार्यमा पुरुषहरुलाई प्रोत्साहन गर्न हरेक ठाउँमा पुरुषको सहभागीता हुन जरुरी रहेको बताइन् । उनले स्थानीय सरकारले लैंगिकताको कुरा गर्दा महिला जनप्रतिनिधिको काम हो भन्ने बुझाई रहेको बताइन् ।

फायाका अध्यक्ष लोकराज भट्टको अध्यक्षतामा भएको सो कार्यक्रममा कार्यक्रम निर्देशक धर्मराज पाठकले स्वागत गरेका थिए । कार्यक्रममा विभिन्न वडाका वडाअध्यक्षहरु महिलाका सवालमा अझ संवेदनशिल हुने प्रतिवद्धता गरेका थिए ।