‘मिडिया हाउसलाई महिला मैत्री बनाउन नीति बाध्यकारी हुनुपर्छ’ 

धनगढी, १५ मंसिर । मिडिया हाउसलाई महिला मैत्री बनाउन नीतिलाई बाध्यकारी हुन आवश्यक रहेको बताइएको छ ।

धनगढी उप–महानगरपालिकाका न्यायीक समितिले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत धनगढीमा रहेका क्रियाशील पत्रकार महिलाहरु अवसर र चुनौती बिषयक छलफलमा धनगढी उप–महा नगरपालिकाका उप–प्रमुख सुशीला मिश्रले यस्तो बताएका हुन् ।

उनले आम रुपमा बाहिर बाट देखिने भन्दा पत्रकार महिलाका चुनौती धेरै रहेको बताईन् । ‘चुनौती न्यूनिकरणका लागि मिडिया हाउसको अनुगमन, मिडिया मालिक र श्रमजिवी पत्रकारहरु बिचको अन्तरक्रिया हुन अति आवश्यक छ ।’

पत्रकारीता पेशा चुनौतीपूर्ण पेशा भएपनि सामाजिक मान्यता, परंपरार र विश्वासका कारण पत्रकार महिलाहरु बढी चुनौती खेप्न बाध्य रहेका बताईन । उप प्रमुख भट्टले भनिन् ‘जसका कारण पत्रकार महिलाहरु पेशामा टिक्न सकिरहेका छैनन् ।’

२१औं शताब्दीमा महिलाहरुकोे सवाललाई सम्बेदनशील तरिकाले उठान गर्न पत्रकार महिलाहरुको संख्या र क्षमता दुबै बृद्धिगर्न जरुरी रहेको उपप्रमुख भट्टले भनिन् । उनले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई प्रस्तयाउँदै लिङ्गकै आधारमा कसैमाथी पनि हिंसा हुनुहुदैन भन्ने सन्देश फैलाउन पत्रकारहरुको अहम भूमिका रहेको बताईन् ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मिन बमले महासंघ सबैको छाता संगठन भएकोले पत्रकार महिलाहरुको सहभागिता सुनीश्चित गर्न हरेक मिडिया हाउसमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने नीति बनाएपनि कार्यन्वयनको पातो फितलो भएको बताए ।

कोभिडको बेला धेरै पत्रकारहरुको पेशा जोखिममा परेपनि सुदूरपश्चिमबाट कुनै खाल निबेदन महासंघमा नआएको वमले बताए ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य तथा सुदूरपश्चिम संयोजक मनमोहन स्वाँरले चुनौती संगै पत्रकार महिलाका लागि धेरै अवसरहरु भएको बताए ।

उनले थुप्रै लेखनबृत्तिको अवसर हुदा पनि लेख्ने पत्रकार महिलाहरु पाउन मुस्किल हुने गरेको बताए । क्षमता भएपछि महिला पुरुष सबै पत्रकारहरुका लागि अवरसर नै अवसर रहेको बताए ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य दिलबहादुर छत्यालले पत्रकारीता पेशामा आउनुभन्दा पहिले आफ्नो रुची होकि होईन भनेर स्पष्ट हुन जरुरी हुने बताए । ‘पत्रकारीता पेशालाई बुझेर आएको ब्यक्ति पलायन हुदैन केन्द्रीय केन्द्रिय सदस्य छत्यालले भने, लैङ्गिक कुराहरु उठाएर मात्रै हुदैन त्यसका लागि पत्रकार महिलालाई क्षमता अभिबृद्धी हुने किसिमको अवसर दिनुपर्छ ।’

प्रेस यूनियक कैलालीका अध्यक्ष श्रवण देउवाले समाजिक, आर्थिक र मनोबैज्ञानिक प्रभावका कारण पत्रकार महिलाहरु पेशामा टिक्न नसकेको बताए ।

क्रियाशील पत्रकार महिला सुदूरपश्चिम संयोजक उन्नती चौधरीले पत्रकार महिलाहरु कार्य स्थलमा बिभेद, ज्यालामा बिभेद, सूचनादाताबाट दुब्र्यावहार समेत खेप्नुपरेको गुनासो गरिन् । उनले पत्रकार महिलाई भूमिका दिने देखि पाउने अवसरमा पनि बिभेद हुने गरेको बताईन् ।

मोर्निङबेल दैनिकका प्रकाशक रमा भट्टराईले पत्रकार महिलाबाट सञ्चालित मिडिया हाउसहरु आर्थिकरुपले एकदमै कमजोर हुँदा टिक्न गाह्रो भएको बताईन । कार्यक्रममा धनगढीका विभिन्न मिडिया हाउसमा आवद्ध पत्रकार महिलाहरुको सहभागिता रहेको थियो ।