कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुवँर महासंघको केन्द्रीय सदस्यमा निर्बाचित

धनगढी, १३ मंसिर । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवँर नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा निर्बाचित भएका छन् ।

महासंघको ५४ औं साधारण सभाबाट कुवँर प्रदेश तर्फबाट केन्द्रीय सदस्यमा निर्बाचित भएका हुन् ।

सुदूरपश्चिमबाट १० भोट खसेकोमा कुवँर ८ भोट पाएर बिजयी भए । उनका प्रतिद्धन्दीले दुई भोट मात्र पाए ।