कैलालीमा ७४ जनामा कोराना संक्रमण पुष्टि

धनगढी, १३ मंसिर । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीमा ७४ जनालाई कोरोना संत्रलमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २९१ जनाको परीक्षण गर्दा ८२ जनामा कोरानालाई संक्रमण पुष्टि भएको हो । जस मध्ये कैलालीका मात्रै ७४ जना रहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

संक्रमण पुष्टी हुनेमा ५० पुरुष र ३२ महिला रहेका अस्पतालले जनाएको छ । कैलालीका ७४, डडेल्धुराका ४, कञ्चनपुरका ३ र डोटी एक जनामा पनि संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।

सुचना अधिकारी श्रेष्ठका अनुसार संक्रमित मध्ये धनगढी उपमहानगरपालिकाका ११ जना, गोदावरी नगरपालिकाका ३ जना, घोडाघोडीका २ जना, जोशीपुरका ७ जना, बर्दागोरियाका २ जना, कैलारीका ५ जना, टीकापुरका २९ जना, भजनीका १ जना, मपहन्यालका १० जना, लम्कीचुहाका ३ जना, कैलालीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै जोरायल डोटीका १ जना, पर्शुराम डडेल्धुराका ४ जना, कञ्चनपुरको बेलौरी, कृष्णपुर र पुनर्बासका १÷१ गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।