मृत भेटिएका युवकको हत्या आशंका, तालिम प्राप्त कुकुर लिएर अनुसन्धान गर्ने

धनगढी, १२ मंसिर । महेन्द्रनगरमा मृत भेटिएका युवकको हत्या आशंकामा प्रहरीले धनगढीबाट तालिम प्राप्त कुकुर लिएर अनुसन्धान थालेको छ।

भीमदत्त नगरपालिका – ४ स्थित महेन्द्रनगर बजारमा रहेको भानु पार्टी प्यालेस नजिकै घाँटीमा टेलिफोनको तारको पासोले बेरिएको अवस्थामा मृत भेटिएका युवकको हत्या आशंकामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

‘सनाखत हुन नसकेको युवकको शव हेर्दा बाहिरी शरीरमा कुनै चोटपटक देखिदैन्,’ कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापालेका अनुसार ‘घाँटीमा तारले वेरिएको अवस्थामा शव भेटिएको छ।

थापाले घटनाको अनुसन्धानका लागि प्रदेशको अस्थायी राजधानी धनगढीबाट तालिम प्राप्त कुकुर मगाइएको जानकारी दिए।