सेतो रिवन लगाएर लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु (फोटो फिचर)
धनगढी, १० मंसिर । कैलालीमा सेतो रिवन लगाएर लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ ।
कोरोनाका कारण यो वर्ष र्याली जुलुस नगरि थोरै सेतो रिबन लगार अभियानको शुरुवाट गरेको हो । धनगढी उप–महानगरपालिका नगरप्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको ब्यानर खोलेर उद्घाटन गरेका थिए । सोही अवसरमा कार्यक्रममा सहभागि जनप्रतिनिधी, कर्मचारी र अन्य सहभागिहरुलाई सेतो रिवनको पहिराईएको थियो ।

त्यसै गरि दलित महिला अधिकार मञ्च नेपाले अफिसका कर्मचारी तथा पदाधिकारीहरुलाई सेतो रिवन लगाएर अभियानको शुरुवाट गरिएको मञ्चका अध्यक्ष सावित्रा घिमिरेले जानकारी दिए । उनले कोभिड १९ का कारण यो वर्ष भर्जुअल मिटिंग, गोष्ठी अन्तरक्रिया गरेर अभियान सफल पार्ने बताए ।














