व्यवसाय तथा कृषि गर्न चाहने महिलालाई सहयोग गर्ने तयारीः कृषिमन्त्री चौधरी
धनगढी, १० मंसिर । सुदूरपश्चिम प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले महिलाहरुलाई आर्थिक रुपले सशक्त बनाउन सहयोग गर्ने तयार भईरहेको बताए ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ओरोक नेपालद्धारा आयोजित महिलाहरुलाई दिगो जिविकोपार्जनको लागि सरोकारवालाहरुसंगको भर्चुअल गोष्ठीमा मन्त्री चौधरीले प्रदेश सरकारबाट महिलाहरुलाई विभिन्न कार्यक्रम सञ्चालन भईरहेको जानकारी दिए ।
उनले भने ‘व्यवसाय तथा कृषि गर्न चाहने महिलाहरुलाई प्रदेश सरकारले सहुलियत तथा विना धितो लोनको व्यवस्था गरेको छ, विभिन्न महिला कृषि समूहको लागि कार्यक्रम रहेको छ ।’
सामाजिक विकास मन्त्रालयबाट द्ववारिका देवी ठकुरानी महिला शसक्तकीरण कार्यक्रम र भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगत कृषि ज्ञान केन्द्र मार्फत कृषि कार्यक्रमा सहयोग गरेको बताए ।
महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको प्रसंग निकाल्दै महिलाहरुलाई हेर्ने गलत प्रवृतिको अन्त्य गर्न जरुरी रहेको मन्त्री चौधरीले बताए। उनले धेरै महिला घरेलु हिंसाबाट पीडितको यस्ता हिंसा न्यूनिकरण गर्न सबैको साथ सहयोगको अपेक्षा गरिन् ।
यस्तै विद्यायन समिति सभापति नेपालु चौधरीले प्रलोभनमा परेर धेरै महिला तथा बालबालिका मानव बेचविखनमा परेको बताए ।
महिलाहरुको हरेक ठाउँमा पहुँच पुगेपछि हिंसा आफै न्यूनिकरण हुने बताए । महिला हिंसा घर, परिवारबाट सुरु हुने भएकोले सबै भन्दा पहिला आफ्नो परिवारबाट हिंसा अन्त्य गर्न जरुरी रहेको सभापति चौधरी बताए ।
सुदूरपश्चिम प्रदेशको प्रदेशसभा सदस्य पूर्णा जोशीले वर्गिय नीति बनाएर अगाडी बढ्न जरुरी रहेको बताए । उनले भनिन् ‘शिक्षा र आर्थिक शसक्तीकरण भए महिला हिंसा न्यूनिकरण हुन्छ ।’
प्रदेशसभा सदस्य कुन्ती जोशीले सरकारबाट आएको अनुदान लक्षित वर्ग सम्म नपुग्ने भएकोले सरकारको ध्यानकार्षन हुन जरुरी रहेको बताइ । कोरोनाको कारण चाहे अनुसार काम गर्न नसकेको पनि औल्याए ।
कृषि विकास बैंक शाखा धनगढीको चक्रविर भण्डारीले प्रदेश कार्यक्रम अन्र्तगत शैक्षिक प्रमाणपत्रको आधारमा महिलाहरु व्यवसायिको लागि लोन लिन सक्ने बताए ।
कार्यक्रममा यूएन डिपीको बैजन्ती सिंह, अन्तर महिला संजाल पार्टीको पूर्व जिल्ला अध्यक्ष गोमा आचार्य, गैर सरकारी संस्था महासंघके केन्द्रीय सदस्य सावित्रा घिमिरे आर्थिक रुपमा पछाडी परेका महिलाहरु हिंसा भोग्नु पर्ने बताए । महिलाहरुको आर्थिक सशक्तीकरणको लागि दिगो जिविकोपार्जन कार्यक्रम ल्याउन जरुरी रहेको तर्क दिए ।
महिलाहरुद्धारा उत्पादित बस्तुको प्रवद्र्धन गरि भारतिय उत्पादनमा रोक लगाउन सके धेरै महिलाहरु उत्पादित वस्तुबाटै आत्मनिर्भर हुने बताए ।
यस्तै गैर सरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेशका संयोजक देवी खनालले महिलाहरु सामान कामको समान ज्याला पाउन नसकेको बताउदै यो विभेद अन्त्य गर्न जरुरी रहेको बताए । साथै महिलाहरुले संचालन गरेको व्यापार व्यवसायको प्रोत्साहन गर्न राज्यको दायित्व रहेको बताए ।
इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले समाजमा काम गरेर खैना धेरै महिला छन्, उनीहरुलाई प्रदेश सरकारले आफ्नो दायित्व सम्झेर आवश्यकता अनुसार नीति तथा कार्यक्रम ल्याउन जरुरी रहेको बताए । साथै धेरै महिला आर्थिक स्रोत साधान, सीप नपाएर चाहेको कृषि तथा व्यवसायबाट बन्चित रहेको संयोजक जोशीले बताए ।













