मुलुकमा कोरोना संक्रमणका कारण एकै दिन २८ जनाको मृत्यु
काठमाडौ, १० मंसिर । नेपालमा कोरोनाबाट एकै दिन २८ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या १३८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १९४८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। हालसम्म मुलुकमा कोरोना संक्रमितको हुनेको संख्या २२६०२६ जना पुगेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने १६६३९ रहेको छ।
पछिल्लो २४ घण्टामा ९२१० वटा नमूना पीसीआर परीक्षण गरिएको र यससँगै हालसम्म मुलुकमा कुल १६९०५०९ वटा नमूना पीसीआर परीक्षण गरिएको मन्त्रालयको दाबी छ।
आज ३१४० जना संक्रमित निको भएका छन्। यससँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २०७९९८ पुगेको मन्त्रालयले जनाएको छ। हाल क्वारेन्टिनमा ६६९ जना रहेका छन्।













