प्रदेश सरकारको पहिलो चौमासिक खर्च विवरण सार्वजनिक

कैलाली, १० मंसिर । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको प्रथम चौमासिक खर्च विवरण सार्वजनिन गरेको छ । चौमासिक खर्च विवरणमा दुई अर्ब नौ करोड ८६ लाख २६ हजार रुपैयाँ बजेट खर्च भएको aमन्त्रालयले जानकारी दिएको छ ।

कार्तिक मसान्तसम्म चालूतर्फ एक अर्ब १० करोड ४७ लाख र पूजीगततर्फ ९९ करोड २८ लाख रुपैया गरी दुई अर्ब नै करोड ८६ लाख रुपैयाँ खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले आज पत्रकार सम्मेलन गरि जानकारी दिए । जुन खर्च ६.२९ प्रतिशत हुन आउछ ।

चालू आर्थिक वर्षमा प्रदेश सरकारले बजेट खर्च प्रगति ९० प्रतिशत पुर्याउने लक्ष्य रहेको आर्थिक मामिला तथ योजना मन्त्री झपतबहादुर बोहराले बताए । चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको सरकारले ३३ अर्ब २८ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको थियो ।

चालु आर्थिक बर्ष २०७७/०७८ को पहिल चौमासिक सम्म खर्चलाई गत आर्थिक बर्ष २०७६/०७७ को सोही अवधिमा खर्चसंग तुलना गर्दा खर्च रकमको आधारमा ६४.४५ प्रतिशतले बृद्धि भएको मन्त्री बोहोराले बताए ।

उनले चालु आर्थिक बर्षमा राजश्वको लक्ष्य ६७ करोड ७० लाख ३० हजार रहेकोमा आर्थिक बर्ष २०७७/०७८ को पहिलो चौमासिक अवधिसम्म ३१ करोड ९ लाख ६६ हजार राजश्व आम्दानी भएको पत्रकार सम्मेलनमा जानकारी दिए । जुन लक्ष्यको तुलनामा ४५.९३ प्रतिशत हुन आउछ, जबकी २०७६/०७७ को सोही अवधिमा ३२.१२ प्रतिशत मात्र राजश्व संकलन भएको थियो ।

मन्त्री बोहराका अनुसार कोभिड १९ को महामारीका कारण प्रदेशमा भएको बन्दाबन्दीका कारण विभिन्न समस्याका बाबजुडपनि करको डायरा बढाएको कारण राजस्व संकलनमा बृद्धी हुन पुगेको हो । यसरी आर्थिक बर्ष २०७६/०७७ को चालु आर्थिक बर्षको समिक्षा अवधिमा १३.८१ प्रतिशतले बढि राजश्व संकलन गर्न सफल भएको मन्त्री बोहराले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश सभा सचिवालयको चालु आर्थिक बर्ष २०७७/०७८ को कुल बजेट १९ करोड १० लाख ६४ हजार मध्ये ३ करोड ७२ लाख ८२ हजार (१९.५१ प्रतिशत) खर्च भएको र मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको कुल बजेट १ अर्ब ७८ करोड ९२ लाख ७७ हजारबाट २ करोड ३० लाख १ हजार (१.२९ प्रतिशत) बजेट खर्च भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयको कुल बजेट १ अर्ब ६४ करोड २४ लाख ३० हजारबाट १ करोड ३२ लाख ६५ हजार (०.८१ प्रतिशत), उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयको कुल बजेट २ अर्ब ७८ करोड १० लाख ९ हजारबाट २० करोड ७२ लाख ६३ हजार(७.४५ प्रतिशत) खर्च भएको छ ।

प्रदेश सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको चालु आर्थिक बर्ष २०७७/०७८ को कुल बजेट ३ अर्ब ३३ करोड ३१ लाख ३२ हजार मध्ये १४ करोड ३० लाख ८३ हजार (४.२९ प्रतिशत), आन्तरिक मामिला तथा कानून मन्त्रालयको कुल बजेट ४६ करोड ८६ लाख १ हजार मध्ये ४ करोड १६ लाख ५ हजार (८.८८ प्रतिशत) र भौतिक पूर्वाधार विकास मन्त्रालयको कुल बजेट ११ अर्ब १० करोड ५३ लाख ३ हजार मध्ये ९१ करोड ५९ लाख ८५ हजार (८.२५ प्रतिशत) खर्च भएको जनाइएको छ ।

यस्तै सामाजिक विकास मन्त्रालयको कुल विनियोजित बजेट मध्ये ६ अर्ब ६२ करोड ६६ लाख ६३ हजारबाट ५३ करोड ५४ लाख ६६ हजार(८.०८ प्रतिशत) खर्च भएको छ । प्रदेश सरकारको वित्तिय व्यवस्थाको लागि छुटयाएको कुल बजेट ३० करोड र अर्थ विविधको लागि छुटयाएको ३ अर्ब ८८ लाख ६९ हजारबाट खर्च शुन्य रहेको छ । सुदूरपश्चिम प्रदेश सरकारले वित्तिय हस्तान्तरण स्थानीय तहको लागि चालु आर्थिक बर्ष २०७७/०७८ मा कुल बजेट २ अर्ब १३ करोड ५० लाख छुटयाएको थियो जसमा १८ करोड १६ लाख ६७ हजार(८.५१ प्रतिशत ) रुपैया खर्च भएको जनाएको छ ।