बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा बेवारिसे शव जलाउने नेपालकी सपना
बीबीसीले सार्वजनिक गरेको विश्वका १०० प्रेरणादायी तथा प्रभावशाली महिलाहरूको सूचीमा नेपालकी सपना रोका मगर पनि परेकी छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले हरेक वर्ष विभिन्न क्षेत्रमा काम गर्दै संघर्ष गरेर सफलता पाएका प्रेरणादायी तथा प्रभावशाली एक सय जनाको सूचीमा बेवारिसे अवस्थामा भेटिएका शव पशुपतिमा जलाउँदै आएकी सपना पनि परेकी हुन्।
उनले अर्का एक व्यक्तिसँग मिलेर काठमाडौंको सडकमा बेवारिसे अवस्थामा भेटिने शवको पोस्टमार्टमपछि पशुपति लगेर दागबत्ती दिने र शव जलाउने काम गर्दै आएकी छन्।
उनको कामको बारेमा बीबीसीले लेखेको छ, सामान्यतया हिन्दु संस्कार अनुसार छोरीले दागबत्ती दिनुहुँदैन भन्ने चलन भए पनि उनले भने यो काम गर्दै आएकी छन्।
सूचीमा एक जनाको ठाउँ खाली राखिएको छ, बीबीसीले भनेको छ, अरुको लागि काम गर्ने क्रममा कयौं महिलाले बलिदानी दिएका छन्, तिनैको श्रद्धान्जली स्वरुप एक ठाउँ खाली छोडिएको छ।
कोरोना भाइरसविरूद्ध खोपको अनुसन्धान गर्ने अक्सफोर्ड वश्वविद्यालयको टोलीमा रहेकी सरा गिल्बर्ट पनि सूचीमा परेकी छन्।
थप सामग्री स् जततउकस्ररधधध।जष्mबपिजबदबच।अयmरलभधकरज्ञद्दण्ठघठ













