ओरेक कैलालीद्वारा यूवा सञ्जाललाई सूचना केन्द्रकालागि सामाग्री
धनगढी, ८ मंसिर । ओरेक कैलालीद्वार सञ्चालित बालिका पैरवी परियोजनाले यूवा संञ्जाललाई सूचना डेक्सकालागि सामाग्री हस्तान्तरण गरेको छ ।
घोडाघोडी नगरपालिका र गौरीगंगा नगरपालिकाका यूवा सञ्जाललाई सूचना केन्द्रका लागि कम्प्युटर, टिभी, प्रिन्टर र प्लाष्टिक कुर्सी उपलब्ध गराएको हो ।
हस्तान्तरण कार्यक्रममा गौरीगंगा नगरपालिकाका प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंह, गैरसरकारी संस्था महासंघको जिल्ला अध्यक्ष हेमकर्ण बिक र ओरेक कैलालीको कर्मचारीहरुको सहभागिता रहेको थियो ।













