दुई करोड लागतमा लोहरपुर सडक कालोपत्रे हुदै
हसुलिया, ४ मंसिर । कैलालीको कैलारी गाउँपालिका–८ लोहरपुरमा दुई करोडभन्दा बढी रुपैयाँ लगानीमा सडक कालोपत्रेको भईरहेको छ ।
कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीको उपस्थितिमा सडक कालोपत्रेको काम सुरु गरिएको हो । सो सडकले सडकपुर र नवलपुरलाई जोड्ने गरेको जनाइएको छ ।
वडा अध्यक्ष दुखीराम कठरियाका अनुसार ठेकेदार मणिराज रेग्मीले टेन्डर प्राप्त गरेर सडक कालोपत्रेको काम गरिरहेको छ । एक किलोमिटर ८०० मिटरसम्म सडक कालोपत्रे हुने अध्यक्ष कठरियाले जानकारी दिए ।













