जाडो महिनामा बालबालिकाको हेरचाह गर्ने तरिका

जाडो मौसममा बच्चाहरूमा रुघाखोकी लाग्ने, श्वासप्रश्वासको समस्या, निमोनिया, टन्सील, छाला फुट्ने जस्ता समस्याले सताउन सक्छ । त्यसकारण यस्ता समस्याबाट बचाउन चिकित्सकसँग कुराकानी गरी लोकपथले केहि टिप्स यहाँ प्रस्तुत गरेको छ ।

१) जाडोको समयमा बाक्लो र धेरै लुगा लगाइदिनु हुँदैन । बाक्लो लुगा लगाउँदा शरीरबाट पसिना आउँछ र शरीरमा नै सुक्छ । यसकारण बच्चालाई रुघा लाग्ने, चिसो हुने र निमोनियासमेत हुने हुनाले अभिभावकले यो कुरामा विचार पुर्याउनु पर्छ ।

२) विहान र वेलुका अन्य समयमा भन्दा बढी चिसो हावा चल्ने भएकोले बालबालिकालाई घर बाहिर, चौरमा, चौतरामा, खेल्न वा हिँडडुलमा निस्कन नदिने।

३) घाममा राख्दा समय समयमा पानी खुवाउने । तर जाडो महिनाभरी राम्ररी उमालेको मनतातो पानी प्रयोग गर्नुहोस् । साना बालबाबालिकालाई बिहानीपखको घाममा सुताउँदा उनीहरूलाई भिटामिन डी प्राप्त हुन्छ ।

४) साँझ बिहान खेलेर आएपछि उनीहरुको कपडा परिवर्तन गरिदिनुहोस् र हलुका मोस्चराईज गरिदिनुहोस् ।

५) न्यानो कपडा लगाईदिने । तर बाक्लो कपडा प्रयोग नगरिदिनुहोस् ।

६) मौसमी फलफुल खुवाउनुहोस् तर अत्याधिक चिसो हुने फलफूल नखुवाउनुहोस् । चिसो समयमा फलफूललाई तातो पानीले धोएर वा तातो पानीमा डुबाएर खुवाउन सकिन्छ ।

 

७) हिटर बालेर लामो समयसम्म बच्चालाई सेकाउनु हुँदैन । सहज रुपमा हावा आवतजावत गर्ने कोठामा बस्ने, सुत्ने, खेल्ने वातावरण मिलाउनुहोस् ।

८) झोलिलो खानेकुरा खुवाउनुहोस्

९) नवजात शिशुको कपडा समय समयमा फेर्ने, डाईपर लामो समयसम्म एउटै प्रयोग गर्नुहुँदैन ।

१०) कहिलेकाहिँ रुघाखोकीले गर्दा बालबालिकाको नाक टालिने गर्छ । तर भिक्स, सन्चो वा अन्य चिज नलगाउनहोस् बरु नरम कपडा या कपासले सफा गरिदिनुहोस् ।

११) बजारमा किनेको दूधमा अन्य अखाद्य कुरा पनि मिसिएको हुनसक्छ । अभिभावकले यो कुरा मनन गरी राम्ररी तताएर केहि बेर पाक्न दिएर मात्रै दुध आफ्ना बालबालिकालाई पिलाउनुहोस् ।
याद गर्नुहोस् नवजात शिशु राख्ने कोठालाई २५ देखि २८ डिग्री तापक्रममा राख्नु पर्दछ ।

१२) महिनाभन्दा माथिका बच्चालाई आमाको दूधका साथै तातो झोल पदार्थ खुवाउनुपर्छ ।

१३) जाडोको समयमा बालबालिकाको सरसफाइमा पनि विशेष ध्यान दिनुपर्छ । ३ देखि ४ दिनको बिचमा मनतातो पानीले घाम लागेको ठाउँमा नुहाएर तौलियाले पुछेर न्यानो कपडा लगाईदिनुहोस् ।

यसका अलावा बालबालिकालाई स्वस्थ राखि आमाले पनि सरसफाइमा विशेष ध्यान दिनुपर्छ।
तपाईको प्रतिक्रिया